धादिङ ४ श्रावन
महेन्द्र माध्यमिक विद्यालय नीलकण्ठ २ साँखु धादिङले माध्यमिक शिक्षा परीक्षा (एसईई)२०७९ मा उतीर्ण भएका विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरिएको छ ।
बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि बधाई तथा सम्मान गरिएको हो । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)२०७९ मा यस विद्यालयबाट ३५ जना विद्यार्थीको सहभागीता रहेको थियो । सहभागी विद्यार्थीहरु सतप्रतिशत उत्कृष्ठ नतिजासहित उतीर्ण हुन सफल भएका छन् ।
शुभकामना मन्तव्यका क्रममा नीलकण्ठ नगरपालिका पुर्व उपप्रमुख मनराज भण्डारीले उतीर्ण सबै विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै यो नै जीवनको सबै सफलता नभएको भन्दै शिक्षा क्षेत्रमा अझ उत्कृष्ठ नतिजा सहित उच्च शिक्षा हासिल गर्नुपर्ने बताउनुभयो ।
समाजमा सकरात्मक सोचको बिकास संगै समुन्नत समाज निर्माणमा अवको युवाको मुख्य भूमिका रहेको हुनाले पढाईमा जोड दिन आग्रह गर्नुभयो ।
त्यस्तै वडा अध्यक्ष ध्वज बहादुर गुरुङले उतीर्ण सबै विद्यार्थीलाई बधाई तथा सम्मान व्यक्त गर्दै जीवनको पहिलो ढोका खुलेको हुँदा यसलाई निरन्तरता दिई अझै उन्नती प्रगती गर्नुपर्ने बताउदै सफल अध्ययन क्षेत्रको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमकै अवसरमा अर्जुन कार्कीले (एसईई) उतीर्ण विद्यार्थीहरुलाई अभिमुखीकरण समेत गर्नुभएको थिायो ।
विद्यालय व्यवस्थापन समिती अध्यक्ष रामचन्द्र नेपालको अध्यक्षता नेकपा माओवादी केन्द्र धादिङ जिल्ला संयोजक एवम् नीलकण्ठ नगरपालिका पुर्व उपप्रमुख मनराज भण्डारी(शैलेस)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथिको रुपमा वडा अध्यक्ष ध्वज बहादुर गुरुङ,विद्यालय व्यवस्थापन समिती सदस्यहरु,उतीर्ण विद्यार्थीरु लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस