२५ आषााढ , २०८० सोमबार
साउन आउन एक साता बाँकी रहँदा सनातन धर्मावलम्बीले साउने सोमबारको व्रत शुरु गर्दैछन्। साउन महिनामा पहिलो सोमबार १ गते नै परेको छ । सूर्यमास अनुसार साउन संक्रान्तिदेखि साउन महिना लाग्नेभएता पनि चन्द्रमास पात्रोको आधारमा यसपाली पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ।
तिथि अनुसार साउनको सोमबारमा ब्रतबस्नेहरुले गुरुपुर्णिमा देखि जनैपूणिर्मा सम्म एकमहिना भित्र पर्ने सोमबार व्रत बस्ने गर्दछन्। तर यसवर्ष चन्द्रमास पात्रो अनुसार साउनमा अधिकमास रहेको हुनाले एक महिनाभरी कुनै पनि धार्मिक कार्य नहुने शास्त्रमा उल्लेख छ ।
यसरी गुरुपुर्णिमा पछि आउने दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । चन्द्रमास पात्रोअनुसार आजदेखि साउने सोमबारको व्रत सुरुहुने भएको हो ।
साउने सोमबारका दिन भगवान् शिव र उनकी अर्धांगिनी पार्वतीको विशेष पूजा गर्ने परम्परा छ । धादिङ्ग सहित नेपालमा रहेका शिव मन्दिरहरुमा श्रद्धालुको घुइँचो हुन्छ।
प्रतिक्रिया दिनुहोस