धादिङ १६ असार
धादिङको रुविभ्याली गाउँपालिकाका रेगन घलेले विश्व कराँते च्याम्पियनसिपमा स्वर्ण पदक जित हासिल गरेको छ ।
१५ औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता तथा दोस्रो डब्लुसीकेएफ विश्व कराँते च्याम्पियनसिपमा घलेले स्वर्ण पदक जितेको हो ।
वडा नम्बर १ स्थायी घर भएका घलेले ११ वर्षको उमेरमा अन्तर्राष्ट्रिय स्तरको खेलमा स्वर्ण पदक जित्न सफल भएर विश्वमा नेपालको गौरव बढाएको छ ।
प्रतिक्रिया दिनुहोस