धादिङ १६ असार
पश्चिम दाङमा दलित भएको भन्दै कोठाबाट निकालेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १७ का ताराप्रसाद पोखरेललाई शनिवार पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पोखरेलले आफ्नो घरमा भाडामा बसेका पञ्चल देवल नगरपालिका वडा नम्बर ७ पुल्तोला अछामका महेन्द्र विक र अदानचुली गाउँपालिका वडा नम्बर ३ हुम्लाका अङ्गराज नेपालीलाई घर निकाला गरेको प्रहरीले जनाएको छ ।
पोखरेलमाथि प्रहरीले जातीय छुवाछूत अन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
तस्वर अनलाईन
प्रतिक्रिया दिनुहोस