धादिङ १५ असार
राष्ट्रिय धान दिवसको अवसरमा धादिङको न्यू किवो वोर्डिङ स्कुलमा धान रोपाई कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई विद्यालयका शिक्षक शिक्षिकाहरुले सहजीकरण गर्दै विद्यालयको करेसाबारीमा अभ्यासको रुपमा धानको बिउ रोपी धान दिवास मनाएको हो ।
विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको क्षमता परम्परागत ज्ञान,सीपमुलक तालिमसंगै किताबी ज्ञानमा मात्र सिमित नभइ चौतर्फी पक्षको बिकास गर्ने उदेश्यका साथ विद्यालयले कार्यक्रम आयोजना गरेको विद्यालयका प्रधानध्यापक प्रयास रेग्मी बताउनुभयो ।
उहाँले हरेक साता विभिन्न प्रकारको व्यवाहारिक ज्ञान प्रदान गरि विद्यालयको शिक्षण सिकाईलाई प्रभावकारी बनाउदै आएको बताउनुभयो ।
विद्यार्थीले १५ असारमा धान रोपी फल लाग्ने सम्मको अध्ययन अवलोकन गर्ने,मौलिक पहिचानसंगै कृषि सम्बन्धी व्यवासायको थप ज्ञान लिने प्रधानध्यापक रेग्मीले बताउनुभयो ।
विद्यालयले बार्षिक कार्यपात्रोमा नै समावेश गरी साताको एक दिन फरक फरक कक्षाका विद्यार्थीहरुलाई विभिन्न प्रकारका अतिरिक्त क्रियाकलापमा सहभागी गराउदैँ जिल्लाको नमुना विद्यालयको रुपमा स्थापित भएको छ ।
प्रतिक्रिया दिनुहोस