धादिङ ६ चैत्र
धादिङको रुबिभ्यालि गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष द्वारा बिद्यालय अवलोकन गरेको छ ।
आइतबार वडा नम्बर ४ का अध्यक्ष प्रशान्त लाल तामाङ र मुक्रापदेबि माध्यमिक बिद्यालयका प्रधानध्यापक तिर्थराज सुबेदि लगायतको टोलिले वडा नम्बर ४ चालीस गाउँमा अवस्थित श्री कन्यादेवी आधारभुत बिद्यालयको निरीक्षण तथा अवलोकन गरिएको हो ।
बिद्यालयको शैक्षिक,भौतिक,आर्थिक पक्षसंगै शैक्षिक गुणस्तरको बारेमा बिद्यालयका शिक्षक कर्मचारीसङग छलफल गरिएको हो ।
छ्लफलकै क्रममा अध्यक्ष तामाङले स्थानीय तहको बिद्यालय र शैक्षिक गुणस्तरको उपलब्धी हासिल गर्न शिक्षक कर्मचारी अभिभावक र बिद्यार्थीहरु बिचको सम्बन्ध घरपरिवारको जस्तो हुनुपर्ने बताउनुभयो । सा साना नानीबाबुहरुलाइ पढाइमा मात्र केन्द्रित नगराइ उनीहरूको रुचिको विषयमा अध्यापन गराउन शिक्षकहरुलाइ आग्रहगर्नु भयो ।
बिद्यालयको सर्वाङ्गीन पक्षको स्तरउन्नति र बिकासमा वडा सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नु भयो ।
प्रतिक्रिया दिनुहोस