धादिङ २४ भाद्र
४० औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा शङखादेवी माध्यमिक विद्यालय मझिमटार धादिङका शिक्षक तिलक चेपाङ उत्कृष्ठ शिक्षक छनौट भएका छन् । पूर्व माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङका वरिष्ठ उपाध्यक्ष समेत रहेका चेपाङ निमाशि द्वितीय श्रेणीका शिक्षक हुन् । अल्पसङ्ख्यक चेपाङ समुदायका तिलक चेपाङ २०६० सालमा स्थायी शिक्षक भई २०७१ म बढुवा भएका हुन् । जापान, स्विजरल्यान्ड लगायत विश्वका ११ मूलकमा विभिन्न समयमा शैक्षिक तालिम समेत लिएका चेपाङलाई ४० औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले धादिङका चेपाङलाई उत्कृष्ट शिक्षक छनौट गरेको हो । धादिङको थाक्रे, सलाङ, जोगिमारा लगायतका ठाउँमा करिब २६ वर्ष शैक्षिक सेवा गरेका चेपाङ शङखादेवी माध्यमिक विद्यालय मझिमटार धादिङका अङ्ग्रेजी विषय शिक्षक हुन् । अल्पसङ्ख्यक चेपाङ समुदायको उत्थान र विकासमा अगुवाको रुपमा काम गर्दै आएका चेपाङ चेपाङ धर्म, भाषा र संस्कृतिको संरक्षणमा पनि उत्तिकै लागिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस