१९ फागुन
सिवाईसी नेपाल लघुबित्त बित्तिय संस्थाको केन्द्र प्रमुख उप–प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता बिष्यक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेरोजगारसङ्ग रोजगार, उत्पादनसङ्ग बजार तथा आर्थिक अभावसङ्ग सिवाइसी लघुबित्त भन्ने मुल नाराका साथ एक कार्यक्रम गरि धादिङबेसीमा भएको कार्यक्रम निलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगानाको प्रमुख अथिथ्यातामा र उपप्रमुख दिपक बिश्वकर्मको बिशेष अथिथ्यातामा सम्पन्न भएको हो ।
यस्तै कार्यक्रममा वडा न २ का वडाध्यक्ष ध्यज बहादुर गुरुङ ,४ का वडाध्यक्ष हरि श्रेष्ठ ,वडा न ६ का वडाध्यक्ष भुपेन्द्र कुमार श्रेष्ठ र वडा न १२ का वडा वडाध्यक्ष धर्मराज भण्डारीको अथिथ्यातामा सम्पन्न भएको थियो ।राजनीतिक दलका नेताहरु, शेयर सदस्य आमा दिदिबहिनीहरुको उपस्थिति रहेको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगरप्रमुख ढुंगानाले महिला दिदिबहिनीहरुको लागि सस्तो अनि सहुलियत ब्याजमा कर्जा उपलब्ध गराई उनिहरुको जिबिकोपार्जनमा टेवा पुगेको छ ।
यस संस्थाबाट बिना धितो उपलब्ध गराएको ऋणले ब्यवसायमा लगानी गरि राम्रो आम्दानी गरेको पाइएको छ । यसलाई निरन्तरता दिनको समेत अनुरोध गर्नुभयो । नगरपालिकाले गर्नुपर्ने सहयोग गर्न सदैव तत्पर रहनेछ । यस्तै कार्यक्रमकै अवसरमा यस संस्थाबाट ऋण लिएर ब्यबसाय गरेको सफल ब्याबसायिलाइ नगद र सम्मान पत्र बितरण गरिएको छ । यस्तै ऋण लिएर ब्यबसाय गर्दा पनि ब्यबसाय सफल नभएकाहरुको लागि कुखुराको चल्ला दिएर प्रोत्साहन दिएको छ ।
प्रतिक्रिया दिनुहोस