धादिङ ३ फागुन
नेपालका प्रथम सहिद लखन थापाको १४६ औँ स्मृती दिवस बुधबार धादिङबेसीमा भव्यताका साथ मनाइएको छ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित लखन चोकमा रहेको लखन थापाको शालिकमा माल्यार्पण गर्नुको साथै १४६ वटा दिप प्रज्ववल गरि मनाएको दिनेश थापामगरले जानकारी दिनुभयो ।
नेपाल मगर संघ धादिङको आयोजनामा सरसफाई तथा दिप प्रज्ववलन गरिएको हो ।
नेपाली जनताको मुक्तिका लागी राणासासनको विरुद्दमा वोलेकै कारण क्रुर राणा सरकारले फागुन २ गते गोरखाको वुङकोटमा झुन्डयायर फाँसी दिएको थियो । निरंकुश राणा शासनको सुत्रधार कर्ता जंगबहादुरको राज्य सत्ता विरुद्द बि. सं . १९३२ मा चेतनाको दियालो बालेर लखन थापा मगरको नेतृत्त्वमा जनस्तरबाट उठेको बिद्रोह नै नेपालको पहिलो राजनीतिक आन्दोलन थियो ।
सबै किसिमका सङ्गठनहरू खोल्न प्रतिबन्धित अवस्थामा गरिएको यो सांगठानिक बिरोधको परिणामस्वरूप लखन थापा मगर, जयसिंह चुमी (राना), अच्छामी मगर र अन्य चारजना व्यक्तिहरू वि. सं . १९३३ फागुन २ गते जंगबहादुरको आदेशमा क्रुर्तापुर्बक झुन्ड्याइएका थिए ।
नेपालको राजनीतिक इतिहासमा पहिलो जनबिद्रोहको स्थान ओगट्न सफल यस बिद्रोहलाई दमन गर्ने सिलसिलामा झुन्ड्याइएका सात जना व्यक्तिहरू मध्य लखन थापा मगर सबैभन्दा पहिलो पटक डोरीमा झुन्ड्याइएकाले नै उनलाई पहिलो शहीद बन्ने सौभाग्य मिल्यो ।
उनको सहादतबारे राणा लेखक तथा अन्य इतिहासकारहरूले पनि उजागर गरेका छन् । लखन थापा मगरले नेतृत्व गरेको जनयुद्ध वा जनविद्रोहको लक्ष्य र रणनीतिहरू केवल जङ्गबहादुरको हत्या गर्ने कुरामा मात्र सीमित थिएन । राणाहरूको एकतन्त्रीय शासन ढालेर ठूलो राजनीतिक परिवर्तन ल्याउने अभिप्रायबाट जनविद्रोहको शुभारम्भ भएको थियो । उहाँको सम्झनामा प्रत्येक बर्ष फागुन २ गते विभिन्न कार्यक्रम गरि मनाउने गरीन्छ ।
प्रतिक्रिया दिनुहोस