धादिङ २९ माघ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३५ किलो चरेससहित चारजना थाइ नागरिक पक्राउ परेका छन् ।
थाइलाइन एअरमार्फत् बैंकक जान लागेका उनीहरुलाई झोला जाँच गर्ने क्षेत्रबाट पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।
उनीहरूले सुटकेसमा फल्स बटन बनाएर लागुऔषध चरेस लुकाइ लैजान लागेको पाइएको छ । उनीहरू पर्यटक भिसामा नेपाल आएका थिए ।
प्रतिक्रिया दिनुहोस