धादिङ ०१ माघ
सप्तकोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड आरुघाट गाउँपालिका १० मंगलटार, गोरखाको २३ औ वार्षिक साधारण सभा तथा ८ औँ अधिवेशन र एकीकरण पछिको ऐतिहासिक पहिलो साधाराण सभा उद्घाटन समारोह आईतबार सम्पन्न भएको छ ।
सहकारीको सञ्चालक समितीको अध्यक्षमा मेन बहादुर अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । अधिकारीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिती निर्वाचित भएका छन् ।
जसको उपाध्यक्षमा डण्डपानी खनाल, कोषध्यक्षमा ज्ञान प्रसाद श्रेष्ठ र सचिवमा ध्रुव कुमार दाहाल चयन हुनुभएको छ भने लेखा सुपरिक्षण समितिको संयोजकमा तिर्थ बहादुर नेपाली चयन निर्वाचित हुनुभएको छ । जसको सदस्य डिल्लीराम पनेरु र सादुराम धमला रहनुभएको छ ।
त्यस्तै निर्वाचन समितीको संयोजकमा विष्णु प्रसाद खनाल रहनुभएको थियो भने सदस्यहरुमा टिकानारायण श्रेष्ठ, गोविन्द बहादुर नेपाली रहनुभएको थियो ।
साधारण सभामा विभिन्न विधामा महत्वपुर्ण योगदान पुर्याउने सञ्चालक, कर्मचारी र शेयर सदस्यलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
सहकारीमा कुल शेयर सदस्य ५ हजार ७३३, कुल शेयर पुँजी ७ करोड ८८ लाख ४१ हजार ७००, कुल पूँजी रु ५९ करोड ७८ लाख २३ हजार ७९५ रहेको संस्थाको खुद नाफा रु १ करोड ३४ लाख २५ हजार ५६१ रहेको छ ।
संस्थाका अध्यक्ष तिर्थ बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी रजिष्टार, गण्डकी प्रदेश पोखरा रमेश घर्तीको प्रमुख आतिथ्यता रहेको थियो भने नेफस्कुनका सञ्चालक चन्डी प्रसाद शर्मा पौडेल, रजिष्टार कार्यालयका शाखा अधिकृत चोलाकान्त वाग्ले, जिल्ला सहकारी संघ गोरखाको सचिव मेन बहादुर अधिकारी, नेफस्कुनका अधिकृत दुर्गा प्रसाद ढकालको विशेष आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस