धादिङ ३० पुस
श्री सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमको विषयमा साधारण सभामा छलफल गरि आवश्यक सुझवलाई समेट्ने गरि अनुमोदन गरेको छ ।
नारायणी भण्डारीको देहान्त पश्चात रिक्त रहेको संञ्चालक समितीको सदस्यमा रेडियो विहानीका व्यवस्थापन समिती सदस्य हरिकृष्ण लम्साललाई नियुक्त गरेको छ ।
यस्तै, सहकारीले सञ्चालन गरेको रेडियोका वरिष्ठ संवाददाता कृष्ण बहादुर लामिछानेलाई दशक सम्मान पुरस्कारबाट सम्मान गरिएको छ । उहाँ रेडियोको स्थापना कालदेखि हालसम्म रेडियोमा आवद्ध रहि विशेष योगदान पुर्याउनु भएकोले उहालाई सम्मान गरिएको हो । उहाँ विविध विधामा हालसम्म ३ पटक सम्म सम्मानित भइसक्नु भएको छ ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष गीता अधिकारीले संस्थाको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कर्यक्रमलाई सम्बोधन गर्नुहुदै संस्थाका अध्यक्ष भण्डारीले नाफामुखी भन्दा पनि सेवामुखी संस्थाको रुपमा सुरु भएको सहकारीले संचालन गरेको रेडियो बिहानी मार्फत अहिले पनि निरन्तर अघि बढेको बताउनुभयो । सुरुवातको समयमा भएको उत्साहलाई निरन्तरता दिदै सहकारीलाई अझ व्यवस्थित र सहकारीले संचालन गरिरहेको रेडियोलाई दरिलो बनाउदै लैजाने बताउनुभयो ।
२०६५ सालमा सहिद स्मृति सहकारी संस्था लिमिटेड स्थापना गरी २०६६ सालदेखि सहकारीले रेडियो बिहानी ९७.६ मेगाहर्ज संचालन गरिरहेको छ । सहकारीमा हाल ४ सय ७२ जना शेयर सदस्य रहेका छन् ।
त्यस्तै प्रमुख अतिथि पुष्पविक्रम मल्लले कार्यक्रमलाई सम्बोधन गर्नुहुदै समय अनुसार सञ्चार क्षेत्रलाई बदल्दै संस्थाको विकास गर्न र आम जनता माझ सहि सुचना सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ । उहाँले संस्था र रेडियोको विकास गर्न आफुले सहयोग गर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष मनराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो । भने नेकपा माअेवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डारी, नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सहसचिव दलबहादुर बुर्लाकोटि, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, गंगाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडा, शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशरी प्रसाद पन्त लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि, शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस