कृष्ण बहादुर लामिछाने । गोरखा ।
श्री साहारा कृषि सहकारी संस्था लिमिटेड भिमसेन थापा गाउँपालिका ३ तान्द्राङ गोरखाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
स्थानीय स्रोत र साधनको उपयोग गरि कृषक वर्गको आयआर्जन वृद्धि गरि स्थानीय उत्पादनको बजारीकरणको सहयोग गर्ने साथै सरकारी र गैरसरकारी संस्थासंग समन्वय गरि प्रविधिको परिचालनबाट कृषिमा आधुनिकिकरण गर्ने उदेश्य रहेको सहकारीले आफ्नो तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बञ्जराले कायृक्रमको सम्बोधन गर्नुहुदै परम्परागत कृषी प्रणलीलाई प्रविधि युक्त बनाई उत्पादन बृद्धि गर्ने र बजारिकरण गर्न पालिकाले सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि समेत रहनुभएकी गाउँपालिका उपाध्याक्ष अमृता वस्तीले कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सहकारी संस्था भनेको सहकारीको ३ खण्डे नीतिको एउटा खम्बा सहकारी भएको भन्दै सहकारी विकासको लागि क्षमता अभिवृद्धि गर्ने कार्यक्रममा सदैव सहयोग गर्ने बताउनुभयो ।
सहकारीमा १८८ जना शेयर सदस्यहरु रहेका छन् । कार्यक्रममा सहकारी सदस्यका परिवार मध्य ज्येष्ठ सदस्य १ जना पुरुष र १ जना महिला गरि २ जनालाई सम्मान गरिनुका साथै उत्कृष्ट कृषक बेली बरामलाई पुरस्कृत गरिएको थियो ।
साधारण सभामा संस्थाका सचिव सिताराम लामिछाने र कोषाध्यक्ष मेघनाथ बञ्जराले आआफ्नो पदीय जिम्मेवारीको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष हेमराज ढकालको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष लोक प्रसाद बञ्जराको प्रमुख आतिथ्यता रहेको थियो भने उपाध्यक्ष अमृता वस्तीको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडा अध्यक्ष ऋषीराम लामिछाने लगायत विभिन्न संद्ध संस्थाका प्रमुख एवं प्रतिनिधिहरु लगायत शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।
सभाको समापन समारोहलाई सम्बोधन गर्नुहुदै संस्थाका अध्यक्ष हेमराज ढकालले सरकारी स्तरबाट कृषी क्षेत्रमा वितरणमुखी कार्यक्रम धेरे भए आगामी दिनमा उत्पादन मुलक ढङ्गले अगाडि बढ्न योजनाबद्ध तरिकाले कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस