धादिङ २९ पुस
नेपाल रेडक्रस सोसाइटी धुवाँकोट उपशाखाको २८ औ साधारण सभा तथा ९ औँ अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका कोषाध्यक्ष कमला तामाङले संस्थाको आर्थिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
९ औँ अधिवेशनले नेपाल रेडक्रस सोसाइटी धुवाँकोट उपशाखाको सभापतिमा सुमन अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । जसको महिला उप-सभापतिमा सरिता तामाङ, कोषाध्यक्षमा नवराज सापकोटा, सचिवमा छम बहादुर दाहाल, उपसचिवमा भरत सापकोटा, सह-कोषाध्यक्षमा चिरञ्जिवी नेपाल रहनुभएको छ भने सदस्यहरुमा सन्तोष श्रेष्ठ, रुद्रकुमार अधिकारी, लेखनारायण श्रेष्ठ, अब्जनाथ सापकोटा रहनुभएको छ ।
धुवाकोट उपशाखाका कार्यवाहक अध्यक्ष बिमला तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिका १४ धुवाकोटका अध्यक्ष लवराज दुवाडीको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका मन्त्री दुर्लव तामाङ, जिल्ला शाखा धादिङका सदस्य एवं निर्वाचन अधिकृत सोम्बोले तामाङको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जननिर्वाचित वडा सदस्य कमला तामाङ, भिम बहादुर गुरुङ, नेकपा माओवादि केन्द्र धुवाकोटका इन्चार्ज देवराज आचार्य सरस्वति मा बि धुवाकोटका पुर्व प्रधानाध्यापक रुद्रकुमार अधिकारी गनेडाँडा स्वास्थ्य चौकिका इन्चार्ज बालकृष्ण गुरुङ, शिवराज श्रेष्ठ लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस