धादिङ २५ पुस
नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी चार्जका लागि निर्मित २० वटा स्टेसन सञ्चालनमा ल्याएको छ । देशका विभिन्न स्थानमा निर्माण गरेका चार्जिङ स्टेसन परीक्षणपछि सञ्चालन ल्याएको हो ।
प्राधिकरणका अनुसार धादिङको धार्केमा जीबीटी र सीसीएस चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । मुग्लिनमा सीसीएस, चितवनको पारस बसपार्कमा सीसीएस र जीबीटी, काठमाडौं उपत्यकाको साझा यातायात सेवा, बल्खुमा जीबीटी र सीसीएस, नेपाल विद्युत प्राधिकरणको केन्द्रिय कार्यालय रत्नपार्कमा सीसीएस स्टेसन सञ्चालनमा ल्याएको हो ।
यसैगरी साझा पुल्चोकमा जीबीटी, नेपाल पुलिस क्लबमा सीसीएस, सिन्धुलीको खुर्कोटमा दुईवटा जीबीटी, सिन्धुली बसपार्कमा जीबीटी, इलाका प्रहरी कार्यालय बर्दिबासमा जीबीटी र सीसीएस, सर्लाहीमा हरिवनमा जीबीटी र सीसीएस, कास्कीमा कालिका फ्युल (एपीएफ) मा दुईवटा र टुरिष्ट बसपार्क पोखरामा गरि २० वटा चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् ।
जीबीटीमा ठूला सवारी साधन चार्ज हुन्छ भने सार्वजनिक सवारीसाधनको चार्ज हुन्छ । प्राधिकरणले देशका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माणको जिम्मा चिनियाँ कम्पनी वानब्याङ डिजिटल इनर्जीलाई दिएको थियो।
सम्झौता अनुसार एक वर्षमा तयार पारिसक्नुपर्ने चार्जिङ स्टेसन गत असारमा नै पुरा हुनुपथ्र्यो । तर विभिन्न प्राविधिक कारण देखाउदै ढिला गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस