धादिङ २४ पुस
३२ औँ प्याब्सन दिवसको अवसरमा आयोजित खेलकुद प्रशिक्षक प्रशिक्षण समापन कार्यक्रम आइृतबार सम्पन्न भएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन धादिङको आयोजनामा पुस २२ गते सञ्चालन भएको तालिमको समापन आज पुस २४ गते समापन गरिएको हो ।
देखि गजुरी गाउँपालिका वडा नं १ मा भएको तालिममा प्याब्सन अन्र्तगतका १३ वटा विद्यालयका २६ जना शिक्षक शिक्षीका सहभागि भएका थिए । उक्त प्रशिक्षणमा सहभागि शिक्षक शिक्षिकाहरुलाइृ प्रमुख अतिथि प्रतापसिंह तामाङद्धारा प्रमाण पत्र प्रदान गरिएको थियो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन धादिङका अध्यक्ष विनोदमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समिती धादिङका अध्यक्ष प्रताप सिंह तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनका केन्द्रिय उपाध्याक्ष शान्तविक्रम बानिया, सचिवालय सदस्य नवराज ओझाको विशेष आतिथ्यता रहेको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि तामाङले खेलकुदमा अनुशासन महत्वपुर्ण भएको भन्दै विद्यालयमा पठनपाठन मात्रे नभई विभिन्न खेलकुद जस्ता गतिविधिहरु गराउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले प्रशिक्षणमा सिकेको सिपलाई प्रशिक्षणमा मात्रै सिमीत नबनाई व्यवहारमा पनि लागु गर्न आग्रह गर्नुभएको छ । अध्यक्ष तामाङले खेलकुदको विकासका लागि जिल्ला खेलकुद विकास समितलिे थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस