धादिङ २३ पुस
नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीको आयोजनामा नेकोस बागमती प्रदेश पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । माघ ४ गतेदेखि ७ गतेसम्म रामेछापको सदरमुकाम मन्थलीमा पुरुष भलिवल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाका टोलीले भाग लिनेछन् । सो अनुसार धादिङ जिल्ला भलिबल संघबाट १० जना खेलाडी छनोट भएका संघका उपाध्याक्ष अमृत तामाङले जानकारी दिनुभयो ।
छनोट भएका खेलाडीहरुलाई पौष २५ गते सम्म संघको सम्पर्कमा आउन अनुरोध गरेको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः १ लाख, ५० हजार र ३० हजार पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
धादिङ जिल्ला भलिबल संघबाट छनोट भएका खेलाडीहरु :
अमन आले (सिद्धलेक)
प्रदिप थापा (सिद्धलेक)
विदुर इटनी (सिद्धलेक)
यहाङ् तामाङ (खनियाबास)
शिरिस तामाङ (खनियाबास)
मिलन घले (खनियाबास)
मनोज श्रेष्ठ (खनियाबास)
मनोज श्रेष्ठ (गंगाजमुना)
विजय गुरुङ (गंगाजमुना)
मुक्ती तामाङ (रुबीभ्याली)
सम्राट श्रेष्ठ (नीलकण्ठ)
प्रतिक्रिया दिनुहोस