धादिङ २१ पुस
नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा धादिङको २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
क्षयरोग निवारण संस्थाका सभापति श्री कृष्ण अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो भने धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मधुकार दाहालको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा २०७८/७९ को आर्थिक गतिविधिको संस्थागत गतिविधिको प्रतिवेदन पेस गरिएको थियो । २०४५ सालमा स्थापित भई २०५१ सालमा विधिगत रुपमा सञ्चालन हुदै आईरहेको छ ।
यस संस्थाले गाउँगाउँमा लुकेर रहेको क्षयरोगीहरुको पहिचान गरि उपचारको लागि स्वास्थ्य संस्थामा सिफरिस गर्ने गरेको संस्थाको सचिव चन्द्र बहादुर लम्सालले बताउनुभयो ।
संस्थाले क्षयरोग सम्बन्धि विभिन्न प्रशिक्षणात्मक जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस