धादिङ २१ पुस
किशोरीहरुलाई आइरन तथा फोलिक एसिड र जुकाको औषधी खुवाउने तथा विद्यालय सरसफाई सम्बन्धी समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल सरकार जनसंख्या मन्त्रालयको निर्देशन अनुसार विद्यालयमा अध्ययन गर्ने १० वर्ष देखि १९ वषृ सम्मका युवतीहरुको लागि आइरन तथा फोलिक एसिड र जुकाको औषधी खुवाउने कार्यक्रम सञ्चालन भएको हो ।
विहिबार नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखा धादिङको आयोजनामा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिकाका १४ वटै वडामा स्थित विद्यालयका शिक्षक शिक्षिकाहरु उपस्थिती रहेको थियो ।
नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखा धादिङका प्रमुखको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा विद्यालय नर्स, स्वास्थ्य संस्था प्रमुख लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखा धादिङका प्रमुखले विद्यालय स्तर देखिनै विद्यार्थीहरुलाई पोषण सम्बन्धि शिक्षा दिनुपर्ने भन्दै हरेक विद्यालयहरुले हरित विद्यालयकोअवधारणा आत्मसाथ गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यालयहरुमा सञ्चालित दिवा खाजामा बाहिरी खाजा नदिई स्थानीय वस्तु, उत्पादनको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखा धादिङका प्रमुख :
नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले मानव जिवनमा पोषण अत्यावश्यक भएको भन्दै नगरपालिकाको स्वास्थ्य, शिक्षालाई अझ मजबुत बनाउदे लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा
यसैगरि जनस्वास्थ्य निरिक्षक शिव राणाले स्वास्थ्य, शिक्षा, कृषी, पशु लगायतका क्षेत्रको सहभागिता भएमा मात्र पोषणको कार्यक्रममा सुधार आउने बताउनुभयो । ४० प्रतिशत युवतीहरुमा रक्क्तअल्पता रगतको कमि देखिएको छ । जसले गर्दा शारीरिक, मानसिक वृद्धि विकास र गर्भ अवस्थामा हुन सक्ने विभिन्न समस्या निम्त्याउ छ । यस्ता समस्याहरुको निराकरण गर्न कार्यक्रमको आयोजना गरिएको जनस्वास्थ्य निरिक्षक राणाले बताउनुभयो ।
जनस्वास्थ्य निरिक्षक शिव राणा :
प्रतिक्रिया दिनुहोस