धादिङ २० पुस
धादिङमा १२ औँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
बागमती प्रदेश सरकारको प्रदेश खेलकुद विकास परिषद्ले माघ मसान्त भित्र राष्ट्रपति रनिङ शिल्ड २०७९ को जिल्ला छनोट गरि सक्न सम्पुर्ण जिल्लामा परिपत्र गरे अनुसार धादिङ जिल्ला खेलकुद विकास समितीले जिल्लाको १३ वटै स्थानीय तहहरुमा परिपत्र गरिएको जिल्ला खेलकुद विकास समितीका अध्यक्ष प्रताप सिंह तामाङले बताउनुभएको छ ।
उहाँले प्रतियोगितामा सबै स्थानीय तहहरुले खेलमा सहभागि खेलाडिहरुलाई आवश्यक समन्वय गर्न अनुरोध गर्नुभएको छ । जिल्लाको १३ वटै पालिकामा रहेका विद्यालयबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालार्ई उत्सवको रुपमा भव्य तरिकाले पुर्व तयारीका साथ सम्पन्न गर्न अध्यक्ष तामाङले स्थानीय तहलाई अनुरोध गर्नुभएको छ । स्थानीय तहमा रहेको प्रतिभालाई प्रष्फुटन गराउने र खेलकुद स्वास्थ्यको लागि मात्रै नभई राष्ट्रको गौरव बढाउने माध्यम रहेको उहाँको भनाई छ ।
माध्यामिक विद्यालयमा अध्ययनरत १८ वर्ष मुनिका छात्रछात्रा विद्यार्थी खेलाडीहरु सहभागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथ्लेष्टिक, कराँते, तेक्वान्दो, उसु, भलिबल र कबड्डी खेलहरु समावेश रहेका छन् ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका इभेन्टहरु :
एथ्लेटिक्स
ट्रयाक तर्फ
छात्र : १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ५००० मिटर, ४.१०० मिटर र ४.४०० मिटर रिले ।
छात्रा : १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ५००० मिटर, ४.१०० मिटर र ४.४०० मिटर रिले ।
फिल्ड तर्फ
छात्रा : हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभालिङ्ग थ्रो ६०० ग्राम र सटपुट ८ पाउण्ड ।
छात्र : हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभालिङ्ग थ्रो ८०० ग्राम र सटपुट १२ पाउण्ड ।
मार्सल आर्ट तर्फ
कराँते (सितेरियो)
छात्र : ४५ के.जी., ४८ के.जी. र काता एकल
छात्रा : ४० के.जी., ४४ के.जी., ५० के.जी., र काता एकल
तेक्वान्दो
छात्र : ४५ के.जी., ४८ के.जी. र ५१ के.जी.
छात्रा : ४२ के.जी., ४४ के.जी. र ४६ के.जी.
उसु
छात्र : Chang Quan, Nan Quan and Taiji Quan
छात्रा : Chang Quan, Nan Quan and Taiji Quan
भलिबल : छात्र र छात्रा
कबड्डी : छात्र र छात्रा
प्रतिक्रिया दिनुहोस