धादिङ २० पुस
धादिङको नेत्रावती डबजोङ १ बोराङमा स्थित मंगला देवी माध्यामिक विद्यालयको ६० औँ वार्षिक उत्सव (हिरक जयन्ती) सम्पन्न भएको छ । मंगलबार एक सांस्कृतिक कार्यक्रमका बिच सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समिती अध्यक्ष बच्चु राम थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धादिङ निर्वाचन क्षेत्र नं २ का संघिय सांसद रामनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने वागमती प्रदेश सभा सदस्य , धादिङ क्षेत्र नं २ का प्रदेश सभा सदस्य गोविन्द लम्साल, नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य शंकर अधिकारी, नेत्रावती डबजोङ उपाध्यक्ष सितामाया चोदेन, गंगाजमुना गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडा, नेकपा माओवादी केन्द्रका जिल्ला सभा सल्लाहाकार केशरी प्रसाद पन्त, नेत्रावती डबजोङ गाउँपालिकाका निवर्तमा उपाध्यक्ष उर्मिला तामाङको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्याब्सनका प्रमुख तथा प्रतिनिधिहरु, सुर्यबिनायक भक्तपुरका प्रतिनिधिहरु लगायत गाउँपालिका भरिका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि समेत रहनुभएका धादिङ निर्वाचन क्षेत्र नं २ का संघिय सांसद रामनाथ अधिकारीले संघिय सरकारबााट योजना आएको अवस्थामा आफ्नो क्षेत्रबाट कन्जुस्याई नगरी शिक्षाको क्षेत्रमा जोड दिने बताउनुभएको छ । उहाँले आफु जनप्रतिनिधि भैसकेपछि सम्पुर्ण विकासका कार्यहरुलाई तिब्र गतिमा सञ्चालन गर्ने बताउनुभयो ।
बागमती प्रदेश सभा सदस्य गोविन्द लम्सालले शिक्षाको क्षेत्रमा विकास गर्न आफु सदैव लागिपर्ने भन्दैे पालिकाको विकासका लागि योजना बनाएर प्रदेश र स्थानीय सरकार बिच समन्वय गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य शंकर अधिकारीले मंगला देवी माध्यामिक विद्यालय आफुले अध्ययन गरेको विद्यालय भएको भन्दै विद्यालयको संरक्षणमा आफु सदैव तत्पर रहने बताउनुभयो ।
यस्तै सोहि कार्यक्रमको अवसर पारि प्याब्सन सुर्यबिनायक भक्तपुर जिल्ला कमिटिद्धारा विद्यालयलाई १४ सेट डेस्क बेञ्च हस्तान्तरण गरेको छ ।
प्रतिक्रिया दिनुहोस