पुस २० गते
आगलागीमा परी पाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारमा दुई जनाको मृत्यु भएको छ ।
स्थानीय मेगबहादुर गुरुङको घरमा आगलागी हुँदा उहाँका छोरी र बुहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाले बताउनुभयो । मृत्यु हुनेमा गुरुङका बुहारी २३ वर्षका आसानसिंह थेबे र २२ वर्षका छोरी ममता गुरुङ रहेका छन् ।
आगलागीमा परी ५५ वर्षीय मेघबहादुर गुरुङ र छोरा बिजेन्द्र गुरुङ घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुवैजना घाईतेलाई उपचारको लागि पाँचथर अस्पतालमा ल्याइएको छ । घरमा ७ जना सुतेको थिए ति मध्ये दुई जनाको जलेर मृत्यु भएको हो । साथै तीन जनाले भने भागेर ज्यान जोगाएका थिए ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट डीएसपी खतिवडा नेतृत्वको टोली पुगेर आगो नियन्त्रणसँगै उद्धार गरेको थियो । आगलागीबाट ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीको कारणबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस