वागमती प्रदेशसभामा नेकपा ९माओवादी केन्द्र०को संसदीय दलको नेतामा शालिकराम जम्कट्टेल सर्वसम्मत चयन भएका छन् । माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलको शुक्रबार र शनिबार बसेको संसदीय दलको बैठकले जम्कट्टेललाई नेतामा चयन गरेको हो ।
काठमाडौंमा शनिबार सम्पन्न संसदीय दलको बैठकले जम्कट्टेललाई संसदीय दलको नेता सर्वसम्मत चयन गरेको माओवादीका वाग्मती प्रदेशसभा सदस्य युवराज चौलागाईंले जानकारी दिए ।
वाग्मती प्रदेशसभा संसदीय दलको नेतामा चार जनाले आकांक्षा देखाएका थिए । उनीहरूमा जम्कट्टेल, युवराज दुलाल, सरल सहयात्री र गंगानारायण श्रेष्ठ थिए । आकांक्षी धेरै भएपछि पार्टी केन्द्रले जम्कट्टेललाई संसदीय दलको नेता बनाउन प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई सर्वसम्मत पारित गरेको बताइएको छ ।
संसदीय दलको नेतामा सर्वसम्म भएका जम्कट्टेल धादिङ निर्वाचन क्षेत्र नम्बर १ ९२०बाट वागमती प्रदेशसभामा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस