गोरखाको भीमसेन थापा गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वडा नम्बर ६ मा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी शहीद स्मृति आधारभूत अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।
पालिकाभित्र रहेका सबै नागरिकमा सहज र सुलभरुपमा स्वास्थ्योपचार सेवा पुर्याउने उद्देश्यले आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको उनले बताउनुभयो ।
आधारभूत अस्पतालमा बहिरङ्ग, प्रयोगशाला, फामेर्सी लगायतका सेवा उपलब्ध रहेको अधिकृत अधिकारीले जानकारी दिनुभयो । । त्यसबाहेक एक्सरे, आकस्मिक सेवा तथा बिमा कार्यक्रम समेत तत्काल विस्तार गर्ने योजना रहेको उनले बताउनुभयो ।
अस्पतालमा चिकित्सकसहित स्वास्थ्यतर्फ नर्स, स्वास्थ्य सहायक, फार्मेसी सहायक, डेन्टल हाइजिनिष्टलगायतका आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था रहेको अधिकारीको भनाइ छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकावासीलाई आफ्नै गाउँ ठाउँमा स्वास्थ्य सेवा दिन कसर बाँकी नराख्ने प्रतिबद्धता गरेअनुसार सेवासमेत प्रारम्भ भएको उनले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस