नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक शुक्रबारदेखि सुरु भएको छ।
काठमाडौंमा सुरु भएको बैठकमा दलको नेता सर्वसम्मतीमै छान्न प्रयास सुरु भएको दलका नेताहरुले बताएका छन् ।
यद्यपि सहमित जुट्न नसकेको प्रदेश सांसद युवराज चौलागाईंले जानकारी दिए। उनका अनुसार सहमति जुटाउने कोसिस भइरहेको छ ।
दलको नेतामा शालिकराम जमरकट्टेल, गंगनारायण श्रेष्ठ, युवराज दुलाल र सरसहयात्री पौडेलले दाबी गरेका छन् । पहिलो दिनको बैठकमा सहमति नजुटेपछि बैठक भोलि १ बजेलाई पुनः बोलाइएको छ।
सहमति जुट्न नसकेको अबस्थामा भने निर्वाचनबाट भए पनि टु्ंग्याइने चौलागाईंले बताए ।
प्रतिक्रिया दिनुहोस