धादिङ १४ पुस
धादिङ जिल्लामा पहिलो पटक जिल्ला सहकारी बजार संचालनमा आएको छ । विहिबार कृषि ज्ञान केन्द्र धादिङ र सहकारी बजार विकास कार्यक्रम (सीएमडिपी) को सहयोगमा नीलकण्ठ ३ धादिङ बेसीमा जिल्ला स्तरीय सहकारी बजार संचालनमा आएको हो । सहकारी संघका केन्द्रिय अध्यक्ष मीन राज कडेलले सहकारी बजारको उद्घाटन गर्नुभएको हो ।
बागमती प्रदेश सरकारले कृषि ज्ञान केन्द्रको प्रशिक्षण केन्द्र रहेको ३ रोपनी जग्गा सहकारी बजार संचालन गर्न दिने निर्णय गरेसँगै सहकारी बजार विकास कार्यक्रम सीएमडिपी को आर्थिक तथा प्रविधिक सहयोगमा पुरानो भौतिक संरचनालाई मर्मत गरि ७० लाख ८५ हजार सहयोग/अनुदानले पूर्वाधार निर्माण गरिएको हो ।
धादिङको १३ वटै पालिकाभित्र उत्पादन भएको फलफूल, तरकारी र दूधजन्य वस्तुको जिल्ला सहकारी बजारबाट बिक्रि गरिनुको साथै अन्य ठाउँमा पनि बजारिकरणको लागि सहजीकरण गर्ने योजना रहेको धादिङ जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्यले बताउनुभयो ।
सहकारी बजारमा विभिन्न किसिमका तरकारी, फलफुल, गेडागुडि लगायत सुपथ मुल्यमा प्राप्त हुने र धादिङका किसानले उत्पादन गरेको कृषि जन्य वस्तुहरु सुपथ मुल्यमा बिक्रि वितरण गरिने सहकारी संघका केन्द्रिय अध्यक्ष मीन राज कडेलले बताउनुभयो ।
मुल्य सुची :
त्यस्तै किसानले उत्पादन गरेको उत्पादित वस्तुले बजार नपाउने र किसानले अत्यन्तै कम मूल्यमा बिक्री गरेको वस्तु उपभोक्ता बीचमा पुग्दा अत्यन्तै महङ्गो पर्ने समस्यालाई समाधान गर्नका निम्ती सहकारी बजार विकास कार्यक्रमको थालनी गरिएको कडेलले बताउनुभयो ।
यसैगरि धादिङ जिल्ला सहकारी संघ लि को २२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष रामचन्द्र आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहकारी संघका केन्द्रिय अध्यक्ष मीन राज कडेलको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला समन्वय प्रमुख नवराज अधिकारी, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा विशेष आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस