धादिङ १२ पुस
धादिङमा ५ महिनाको अवधिमा १ सय ९ वटा सवारी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङको अनुसार चालु आर्थिक वर्ष देखी मंसिर मसान्त सम्म साना तथा ठूला सवारी दुर्घटनामा परी २१ जनाले ज्यान गुमाएका छन् ।
जसमा १६ जना पुरुष, ४ जना बालक र १ जना महिला रहेका छन् । दुर्घटनामा १ सय ९१ जना घाइते भएका छन् । चालु आवको मंसिर मसान्तम्ममा सबैभन्दा बढि मोटरसाइकल तथा स्कुटर दुर्घटना भएका छन् ।
सो अवधिमा ८१ मोटरसाइकल तथा स्कुटर दुर्घटना भएको थियो भने २९ ट्रक, २० बस, १९ वटा कार, २ ट्रिपर/ट्रयाक्टर, १२ माईक्रो र अन्य १ दुर्घटना भएको छ । चालु आर्थिक वर्षको हाल सम्म दुर्घटनामा परि ज्यान गुमाएका २१ जना मध्ये सवारी ज्यान विरुद्ध १९ वटा मुद्दा दर्ता भएको छ भने २१ जनालाई पक्राउ गरिएको छ ।
यस्तै, गत आर्थिक वर्ष २०७८/८९ मा २७३ वटा सवारी दुर्घटना भएको थियो । दुर्घटनामा परि ५३ जनाले ज्यान गुमाएका थिए । जसमा पुरुष ४३ जना, महिला ९ जना र बालिका १ जना रहेका छन् भने १८२ जना गम्भिर घाईते, ४ सय ७६ जना साधारण घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी डिएसपी श्याम बहादुर खत्रीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयको अनुसार गत आर्थिक वर्ष दुर्घटनामा परि ज्यान गुमाएका ५३ जना मध्ये सवारी ज्यान विरुद्ध ४० वटा मुद्दा दर्ता भएका थिए भने ५० जनालाई पक्राउ गरिएको थियो जसमा २ जना फरार रहेका छन् ।
डिएसपी खत्रीका अनुसार सवारी दुर्घटनामा सबैभन्दा बढि मोटरसाइकल तथा स्कुटर दुर्घटना हुने गरेका छन् । धादिङ जिल्लामा सबैभन्दा धेरै दुर्घटना पृथिविराजमार्गमा हुने गरेको प्रवक्ता खत्रीले बताउनुभयो ।
डिएसपी श्याम बहादुर खत्री बाईट
त्यस्तै उहाँले सवारी दुर्घटना न्युनीकरणको लाागि नेपाल प्रहरी र ट्राफिक प्रहरीको तर्फबाट विद्यालय स्तर देखिनै समय समयमा चेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिदै आएको र सवारी दुर्घटना गराउनेलाई कारबाहिमा तिब्रता दिईएको बताउनुभयो ।
प्रवक्ता खत्रीले सवारी साधन चलाउदा मादकपदार्थ सेवन नगर्न, क्षमताभन्दा बढि यात्रु ओसारपसार नगर्न, जेब्रा क्रसिङ, विद्यालय क्षेत्र, बजार क्षेत्रमा तिब्र गतिमा सवारी नचलाउन आग्रह गर्दै पैदल यात्रुहरुलाई जेब्रा क्रसिङ र दाँयाबायाँ हेरेर मात्र बाटो काट्न आग्रह गर्नुभएको
प्रतिक्रिया दिनुहोस