धादिङ ११ पुस
नेकपा माओवादी केन्द्र धादिङको आयोजनामा विश्व सर्वहारा वर्गका महान नेता माओ-त्सेतुङ्गको १३० औँ जन्मजयन्तिको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारीको सभातित्वमा आयोजित उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो भने माओवादी केन्द्र बागमती प्रदेशका सह-सचिव दलबहादुर बुर्लाकोटी विजय, जिल्ला समन्वय समिती धादिङका प्रमुख नवराज अधिकारी, जिल्ला सभा सल्लाहाकार केशरि प्रसाद पन्त, नीलकण्ठ नगर कमिटिका अध्यक्ष शम्भु श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डारीले विश्वको सर्वहारा वर्गको उत्थानका लागि गरिएको राजनीती, विचार, सिद्धान्त आजको युगमा विज्ञान सम्मत भएको बताउनुभयो । माओको सिद्धान्त, विचार विश्वको राजनीतिमा समाजवाद तर्फको स्पष्ट गन्तव्य निर्देश भएको भन्दै विचारहिन, सिद्धान्तहिन संगठन अहिलेको सन्दर्भमा सलबलाई रहेको अवस्थामा माओवादका विचारकहरु एकजुट हुन आवश्यक रहेको उहाँको भनाई छ ।
त्यस्तै, माओवादी केन्द्र बागमती प्रदेशका सह सचिव दलबहादुर बुर्लाकोटीले माक्र्सवाद र माओको विचार सिद्धान्तले नेपालमा ठुलठुला संघर्ष र क्रान्तिहरु सफल भएको बताउनुभयो । समय र परिस्थिती अनुरुप नेपालको जनताको वर्गीय असमानता विभेदहरु अन्त्य हुदै गईरहेको बताउदै सिंगो पार्टि जनपक्षीय मुद्दामा लाग्नुपर्ने स्पष्ट पार्नुभयो ।
त्यस्तै जिल्ला संयोजक मनराज भण्डारी शैलेशले विश्वसर्वहारा जनताको मुक्तिको लागि माओले गरेको त्याग, संघर्षलाई स्मरण गर्दै उहाँको विचारहरु सधै अविस्मरणीय रहको बताउनुभयो । नेपालको राजनितीक आन्दोलनबाट प्राप्त भएको उपलब्धिहरुलाई रक्षा गर्दै संविधानको पुर्ण कार्यान्वयनका तथा जनताको अवस्था बदल्नका लागि फेरि पनि मुलुकमा प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त हुनुभएकोमा बधाई तथा शुभकामना दिनुभयो ।
कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती भई माओ त्सेतुङ्गको तस्बिरमा माल्र्यापण गरिएको थियो
प्रतिक्रिया दिनुहोस