धादिङ ११ पुस
जिल्ला अस्पताल धादिङले छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण बढ्दै गएको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ ।
अस्पतालले आज (सोमबार) एक कार्यक्रमको आयोजना गरि धादिङ अस्पतालको हालको अवस्था र अस्पतालले गरेको तयारीको विषयमा जानकारी गराएको छ ।
कार्यक्रममा धादिङ अस्पतालका कन्सलटेन्ट जनरल फिजिसियन डा. दिनेश रेग्मीले कोरोनाको नयाँ भेरियन्टको बिषयमा जानकारी गराउनु भएको छ ।
उनले नेपालमा बिएफ–७ भेरियन्ट पुष्टि नभए पनि चीन र भारतमा बढ्दै गएकाले खुला सिमाना र आवतजावतका कारण जोखिम रहेको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गर्नुभएको छ । कोरोनाको पछिल्लो लहर भन्दा बिएफ–७ भेरियन्ट बढि संक्रात्मक रहेको रेग्मीले बताउनुभयो ।
त्यस्तै उनले कोरोनाको सबभेरियन्ट संक्रमण हुन नदिन स्यानिटाइजरको प्रयोग गर्न, नियमितरूपमा साबुनपानीले हात धुने लगायत स्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न र बुस्टर डोज लागाउन छुटेकाहरुले तत्काल लगाउन आग्रह गर्नुभएको छ ।
यसैगरि धादिङ अस्पतालले कोरोनाको नयाँ भेरियन्टको उपचारका लागी डा. दिनेश रेग्मीको संयोजकत्वमा स्पेसल टास्क फोर्स गठन गरेको छ । जसको सदस्यमा डा. रामचन्द्र रिजाल, सुचना अधिकारी बिक्रम वि.क., लेखा प्रमुख बिष्णु चापागाई, सामाजिक सेवा ईकाई प्रमुख कृष्णलाल उप्रेती, सोनु कोजु, बिमला महरा, श्याम गोम्जा, अनु हौंमिखा रहेका छन् ।
समितिका संरक्षकमा धादिङ अस्पताल संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजाल, निमित्त मेसु मधुकर दाहाल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस