धादिङ ११ पुस
धादिङबेशीमा जारी आठौँ धादिङ महोत्सवको आज पाचौँ दिन चर्चित गायक गायिका खुमन अधिकारी र अस्मिता डल्लाकोटि आउने भएका छन्।
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित खुल्लामञ्चमा “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ जारी आठौँ धादिङ महोत्सवको आज पाचौँ दिन खुमन अधिकारी, अस्मिता डल्लाकोटि, प्रतिमा अर्याल, सितल शर्मा, पुजन घिमिरे,अमृत सापकोटा लगाएतका राष्ट्रिय तथा स्थानिय प्रतिभाहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
पुष ७ गतेदेखि सुरु भएको महोत्सव पुष १७ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस