धादिङ ०८ पुस
नवगठित नेपाल तेक्वान्दो महासंघको केन्द्रिय सदस्यमा धादिङका अमृत तामाङ चयन हुनुभएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघ, नेपाल दुवैको दर्ता खारेज गरि नेपाल तेक्वान्दो महासंघ गठन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार एकै प्रकृतिका समान दुई संघ अस्तित्वमा रहन नसक्ने भन्दै पुष ५ गते मन्त्रीस्तरीय निर्णयवाट दुवै तेक्वान्दो संघको दर्ता खारेज गरेको हो ।
सो निर्णयसँगै राष्ट्रिय खेलकुद परिषदमा रहेको नेपाल तेक्वान्दो संघ दर्ता नम्वर २७ र राष्ट्रिय तेक्वान्दो संघ नेपालको दर्ता नम्वर १०७ पनि स्वतः खारेज भएको छ ।
साथै हालै स्थापना भएको र राखेपमा दर्ता भएको नेपाल तेक्वान्दो महासंघको दर्ता नम्वर २१० रहेको छ ।
नेपाल तेक्वान्दो महासंघको अध्यक्षमा प्रदीप जोशी (टेकराज) लाई नियुक्त गरेको छ । अध्यक्ष जोशीको अध्यक्षतामा गठित २९ सदस्यीय नेपाल तेक्वान्दो महासंघको उपाध्यक्षमा एकनाथ थापा, भानु चन्द, ध्रुववहादुर गुरुङ्ग, अर्जुन विक, प्रेम भूजेल र मीन थापा रहेका छन् । त्यस्तै महासचिवको जिम्मेवारी अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व महासचिव इन्द्रमान तुलाधर पाएका छन् ।
उक्त समितीको केन्द्रिय सदस्यमा धादिङको तेक्वान्दो प्रशिक्षक अमृत तामाङको नाम पनि राष्ट्रिय खेलकुद परिषदले समावेश गरेको हो ।
नवगठित समितीको नामावली :
अध्यक्ष : प्रदिप जोशी
उपाध्यक्ष :एकनाथ थापा
:भानु चन्द
:ध्रुववहादुर गुरुङ्ग
:अर्जुन विक
:प्रेम भूजेल
:मीन थापा
महासचिव : इन्द्रमान तुलाधर
उपमहासचिव : राजकुमार कार्की
सचिव : राकेश कुमार राई
सनिस लगेजु
अच्युत लामिछाने
महेन्द्र तामाङ
कोषाध्यक्ष : अशोक खड्का
सदस्यहरु
अमृत तामाङ
पदम राना
पूर्ण सिंह बोहोरा
ज्ञान बहादुर वि.क
सञ्जय लाल श्रेष्ठ
विकास श्रेष्ठ
मदन गुरुङ
बुद्धि बहादुर थापा
राजेन्द्र मडाई
सुभास तामाङ
गौतम मान महर्जन
निर्मला गुरुङ
गोकर्ण कुवर
रोमी गिरी
शुरेन्द्र पराजुली
प्रतिक्रिया दिनुहोस