धादिङ ०८ पुस
माध्यामिक विद्यालयस्तरीय विज्ञान सामाग्री प्रदर्शनी कार्यक्रम शुक्रबार धादिङ बेसीमा सम्पन्न भएको छ ।
विज्ञान र प्रविधिमा लगानीको विस्तार, समुन्नति र समृद्धिको आधार भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रममा ज्वालामुखी त्रिपुरासुन्दरी माध्यामिक विद्यालय, खरी प्रथम भएको छ भने सत्यवती मा.वि द्धितीय, कार्कीगाउँ मा.वि. सल्यानकोट तृतीय र ज्योती मा.वि. सान्तवना हुन सफल भएको छ ।
ज्वालामुखी गाउँपालिकाको तर्फबाट त्रिपुरा सुन्दरी मा.वि. खरी (प्रथम)
सिद्धलेक गाउँपालिका धादिङको तर्फबाट सत्यवती मा.वि. कुम्पुर (द्धितिय)
त्रिपुरासुन्दरी गाउँपालिकाको तर्फबाट कार्कीगाउँ मा.वि. (तृतीय)
थाक्रे गाउँपालिका धादिङको तर्फबाट ज्योती मा.वि. (सान्त्वना)
प्रद्धर्शनीमा प्रथम, द्धितीय, तृतीय र सान्तवनाले क्रमश ५ हजार, ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्राप्त गरेको छ । कार्यक्रममा प्रथम हुने विद्यालयले प्रदेश स्तरिय विज्ञान सामाग्री निर्माण प्रदर्शनी सहभागि हुन पाउने छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ धादिङको आयोजनामा भएको विज्ञान सामाग्री प्रदर्शनीमा १२ वटा विद्यालयको सहभागिता रहेको थियो ।
खनियाबास गाउँपालिकाको तर्फबाट बच्छलादेवी मा.वि. खनियाबास
गंगाजमुना गाउँपालिकाको तर्फबाट मण्डली मा.वि. फुलखर्क
नेत्रावती डबजोङ गाउँपालिकाको तर्फबाट महेन्द्रबाराही मा.वि. कटुन्जे
नीलकण्ठ नगरपालिकाको तर्फबाट नीलकण्ठ मा.वि. धादिङबेसी
बेनिघाट रोराङ गाउँपालिकाको तर्फबाट बागेश्वरी मा.वि. रिचोकटार
गजुरी गाउँपालिकाको तर्फबाट डोलभञ्ज्याङ मा.वि. पिडा
गल्छी गाउँपालिकाको तर्फबाट बागेश्वरी मा.वि. बैरेनी
धुनिबेशी नगरपालिकाको तर्फबाट महादेवस्थान मा.वि. जिवनपुर
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै जिल्ला शिक्षा विकास तथा समन्वय इकाई धादिङका निमित्त इकाई प्रमुख कृष्ण कुमार श्रेष्ठले धादिङ जिल्लामा रहेको विद्यार्थिहरुको विज्ञानको प्रतिभालाई प्रष्फुटन गराउने र स्थानीय तहमा प्राप्त गर्न सकिने सामाग्रीबाट विज्ञान संग सम्बन्धित प्रविधिका साधन बनाउन तथा प्रस्तुतीकरण गर्न सकिन्छ भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
त्यस्तै जिल्ला समन्वय प्रमुख नवराज अधिकारीले विज्ञान क्षेत्रमा पछि परेको देश नेपाललाई अगाडि बढाउन शिक्षा क्षेत्रबाट नै विद्यार्थीहरुमा वैज्ञानिक क्षमताको विकास गराउन यस्ता कार्यक्रमले सहयोग गर्ने बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय प्रमुख एवं जिल्ला शिक्षा समिती धादिङका अध्यक्ष नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको विशेष आतिथ्यता र शिक्षा विकास निर्देशनालय बागमती प्रदेश शाखा अधिकृत वेद प्रसाद पौडेल, सारदा कुमारी मैनाली, टिका प्रसाद गौतमको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस