धादिङ ०४ पुस
आठौ धादिङ महोत्सव यहि पुष ७ गतेदेखि सुरु हुदैछ । महोत्सव १७ गते सम्म सञ्चालन हुने छ । महोत्सवलाइ सभ्य र भब्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न २३ वटा उपसमितिहरु गठन गरि आयोजक समितिले तयारीलाइ तीव्र पारेको धादिङ उद्योग वाणिज्य संघका महासचिव तिलक सिंखडाले बताउनुभएको छ ।
आयोजक समितिले लगभग ९५ प्रतिशत व्यवस्थापकिय काम सकेको सिंखडाको भनाई छ । स्टल निर्माण संगै रमाइलो मेलाका लागि सामाग्रीहरु पनि जडान कार्य भइरहेको छ ।
महोत्सवमा शौचालय र महोत्सवमा उत्पन्न हुने फोहोर मैलाको पनि उचित व्यवस्थापन गरिएको उनको भनाई छ । महोत्सवमा सुरक्षा व्यवस्था कडा बनाईएको भन्दै आम जनतालाई भयरहित भई महोत्सवमा सहभागि हुन आग्रह गर्नुभएको छ ।
तिलक सिंखडा बाईट….
महोत्सवमा कृषि उत्पादन स्टल, डेरी स्टल, इलेक्ट्रोनिक्स÷सुचनाप्रविधी स्टल, विभिन्न औद्योगिक तथा व्यापारिक सामाग्रीको प्रदर्शनी एवं विक्रिका स्टल, स्थानीय घरेलु तथा हस्तकला उत्पादनको प्रदर्शनी एवं विक्रि स्टल तथा स्थानीय तहको उत्पादनको स्टल गरी १ सय २० भन्दा बढी स्टल रहने वाणिज्य संघका महासचिव सिंखडाले जानकारी दिनुभयो ।
धादिङ उद्योग बाणिज्य संघको आयोजनामा हुने महोत्सवमा १० करोड भन्दा वढीको कारोवार हुने र ३ लाख भन्दा बढीले हेर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस