धादिङ ०४ पुस
संयुक्त दलित संघर्ष समिती धादिङले दलित विद्यार्थी स्थापना कोष वितरण हाललाई स्थगित गर्न अनुरोध गरेको छ ।
संयुक्त दलित संघर्ष समिती धादिङले सोमबार जिल्ला शिक्षा कार्यालय धादिङका शिक्षा अधिकृत नारायण प्रसाद वाग्ले मार्फत नीलकण्ठ नगरपालिकालाई ३ बुदे माग सहित निवेदन बुझाएको हो ।
निवेदनमा गोपाल विश्वकर्मा, कुमार विश्कर्मा, गित बहादुर विश्वकर्मा, नवराज मजाकोटि, गणेश बराईली र मोहन रोक्काले हस्ताक्षर गर्नुभएको छ ।
नीलकण्ठ नगरपालिकाले गत मंसिर १४ गते जारी गरेको सुचनामा दलित छात्रावृत्ति कार्यक्रम संयुक्त दलित संघर्ष समिती र नगरपालिका बिच भएको समझदारी सहमति विपरित भएको भन्दै दलित विद्यार्थी स्थापना कोष वितरण हाललाई स्थगित गर्न अनुरोध गरिएको संयुक्त दलित संघर्ष समितीका सचिवालय सदस्य सचिव नवराज मजाकोटिले बताउनुभयो ।
उनले नीलकण्ठ नगरपालिका भित्र रहेका विद्यालय, क्याम्पस, वडा कार्यालय एवं शैक्षिक संस्थाको सर्टिफिकेट, नागरिकता, अनुमतिपत्र र नगरपालिकाको लेटर प्याडहरुमा नीलकण्ठको अंग्रजी शब्दहरुमा स्पेलिङहरु फरकफरक भएको भन्दै नगरपालिका भित्रका बैदेशिक रोजगारमा जाने युवा तथा वैदेशिक शिक्षाका लागि विदेशिने विद्यार्थीहरुलाई समस्या उत्पन्न भएको भन्दै यसलाई एकरुपता कायम गर्न माग गरिएको छ ।
नवराज मजाकोटि बाईट १
त्यस्तै उनले माध्यामिक तहमा नगरपालिकामा कतिपय दलित विद्यार्थीहरुको संख्या आर्थिक अवस्थाका कारण घट्दै गएको भन्दै यदि विद्यार्थीहरु माध्यामिक तहमै पुग्न सकेको छैन भने उच्च शिक्षाका लागि छात्रावृत्ति किन भन्दै प्रश्न गर्नुभएको छ ।
नवराज मजाकोटि बाईट २
प्रतिक्रिया दिनुहोस