धादिङ ०३ पुस
धादिङमा अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरोकार निकायका विभिन्न व्यक्तित्व, पत्रकार,नागरिक समाज,वैदेशिक रोजगारबाट पीडित भएका पिडित पक्ष लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उपमेयर विश्वकर्माले पछिल्लो समय युवाहरु विदेशिने क्रम बढेको भन्दै नेपालमै बसेर स्थानीय स्रोत साधनलाई उपयोग गरि स्वरोजगार हुन आग्रह गर्नुभएको छ ।
बिश्वकर्माले नीलकण्ठ नगरपालिकाले युवाहरुलाई स्थानीय निकायमै रहेर उत्पादन केन्द्रित बनाउन विभिन्न सिपमुलक तालिम, बिउ पुजी अनुदान उपलब्ध गराउन नगरपालिकाले १ करोड ३० लाख बजेट विनियोजन गरेको बताउनुभयो ।
वैदेशीक रोजगारमा जान चाहनेहरुको लागि बहुउद्धृेश्य तालिम केन्द्र स्थापना गर्नको लागि नगरपालिकाले बजेट छुट्याएर अगाडी बढिरहेको पनि उहाँको भनाई छ । वैदेशीक रोजगारमा गएर समस्यामा परेका व्यक्तिहरुको बालबालिकाहरुलाई छात्रावृत्ति कार्यक्रम मार्फत् समेटेर लैजाने बताउनुभयो ।
वैदेशीक रोजगारमा जान चाहनेहरुको लागि बहुउद्धृेश्य तालिम केन्द्र स्थापना गर्नको लागि नगरपालिकाले बजेट छुट्याएर अगाडी बढिरहेको पनि उहाँको भनाई छ । वैदेशीक रोजगारमा गएर समस्यामा परेका व्यक्तिहरुको बालबालिकाहरुलाई छात्रावृत्ति कार्यक्रम मार्फत् समेटेर लैजाने बताउनुभयो ।
वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्यांक अनुसार सचिवालयको स्थापना देखि आ.व २०७८/७९ सम्म वैदेशिक रोजगारीको क्रममा १० हजार ९३२ जनाको मृत्यु भएको छ भने २ हजार १२५ जना गम्भिर घाईते तथा भएर फर्किएका श्रमिकलाई बोर्ड सचिवालयबाट सहायता प्रदान गरिएको छ ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २००० डिसेम्बर ४ मा संसारभर ठूलो संख्यामा रहेका आप्रवासीको सरोकारको दस्तावेज पारित भएको दिन आज डिसेम्बर १८ लाई अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवसको रुपमा मनाउने गरिएको छ ।
नेपालमा पनि यो दिवस सम्बद्ध सरकारी तथा गैरसरकारी,ट्रेड युनियन,नागारिक समाज,आप्रवासी श्रमिक,संञ्चार जगत लगायत समबद्ध पक्षहरुले प्रत्येक बर्ष बिभिन्न कार्यक्र आयोजना गरि मनाउँदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस