धादिङ ०३ पुस
धादिङ अस्पतालको नवनियुक्त अध्यक्ष राजाराम रिजालले आज पदभार ग्रहण गर्नुभएको छ ।
बागमती प्रदेश सरकारले प्रदेश स्वास्थ्य सेवा अध्यादेशको दफा २६ ख बमोजिम काम कर्तव्य र अधिकार सम्पादन गर्न सोही अध्यादेशको दफा २६ क उपदफा ८ बमोजिम पदावली कायम हुने गरि धादिङ अस्पतालको अध्यक्ष पदमा रिजाललाई गत मंसिर २९ तगे नियुक्त गरेको थियो ।
पदभार ग्रहण गरे सँगै अध्यक्ष रिजालले चार बुँदे प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जसमा ५ बेडको सघन उपचार कक्ष ९आईसियु० तत्काल सञ्चालन संचालनमा ल्याईने,हाल ५० बेडमा संचालित अस्पताललाई १०० बेडमा स्तरोन्नति गर्ने ,२०० बेड क्षमताको अस्पतालको मूल भवन तत्काल डीपीआर गरी निर्माण कार्य अगाडी बढाउने, धादिङ अस्पतालमा सिटी स्क्यान सेवा उपलब्ध गराउने,जस्ता प्रतिबद्धता उल्लेख गरिएको छ ।
कार्यक्रममा जिल्ला अस्पताल धादिङका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। मधुकर दाहालले नव नियुक्त अध्यक्ष राजाराम रिजाललाई स्वागत गरेका थिए भने कार्यअवधि पुरागरी निवर्तमान अध्यक्ष महेन्द्र धमलाई मायाको चिनो सहित विदाई गरेको छ ।
प्रतिक्रिया दिनुहोस