धादिङ ०३ पुस
धादिङको नौबिसे र थाक्रेबाट ९९ किलो लागूऔषध गाँजासहित चार जना पक्राउ परेका छन् । आज (आईतबार) जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चारैजनालाई सार्वजनिक गरेको हो ।
शनिबार थाक्रे गाउँपालिका–५ स्थित दामेचौरदेखी महादेववेशी जाने कच्ची सडकबाट ९३ किलोग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ६० वर्षीय काले तामाङ र थाक्रे गाउँपालिका–४ का २१ वर्षीय ईमान तामाङ रहेका छन् । शनिबार ईमान तामाङले चलाएको ग १ त ६१६१ नं को ट्याक्टरमा चेकचाँज गर्दा ९३ के जी अवैध लागूऔषध गाँजा को सुकेको बोट फेला पारेको हो ।
त्यस्तै, शुक्रबार बिहान धुनिबेशी नगरपालिका–७ नौबिसेबाट ६ किलो ५ सय ग्राम गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–१५ बस्ने २६ वर्षीय सन्तोष महर्जन र २१ बर्षिय सर्जन देउला रहेका छन् । प्रहरीले जाँच गर्ने क्रममा प्रदेश नं ३ ०३–०३ प ११८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई बोरामा लुकाई ल्याएको गाँजासहित फेला पारेको थियो ।
प्रतिक्रिया दिनुहोस