धादिङ ०३ पुस
जिल्ला अनुगमन समिति धादिङले अनुगमनका समयमा दिएको सुझाव नमानेको भन्दै कारबाही स्वरुप जरिबाना लिएको छ ।
गल्छी गाउँपालिका ७ भल्टारमा रहेको जुनतारा रेष्टुरेन्टलाई १५ हजार, होटल लुम्बिनीलाई १५ हजार र जाल्पा रिसोर्ट एण्ड स्टाफ भोजनालयलाई २० हजार रुपैयाँ जरिबाना तिराएको जिल्ला अनुगमन समितिले जानाएको छ ।
बजार अनुगमन टोलीले पटक पटक दिएको सुझाव र निर्देशन पालना नगरेको, होटलका भान्सा सफा नरहेको, म्याद नाघेका सामानहरु बिक्री गर्न राखिएको पाइएकाले कारबाही गरिएको अनुगमन समितिका संयोजक राजन घिमिरेले बताउनुभयो । म्याद नाघेका सामानहरु बरामद गरी नष्ट गरिएको छ।
राजमार्गका होटलहरुमा अखाद्य बस्तुलाई महंगोमा विक्रि गरेको जनगुनासो आएपछि अनुगमन थालिएको हो ।
प्रतिक्रिया दिनुहोस