विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सलाई कारबाही गर्ने भएको छ । कतार विश्वकप दौरान अनुशासन उल्लंघन गरेको भन्दै फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सलाई जरीवाना गर्ने भएको हो ।
फिफाले जरिवाना भने तोकिसकेको छैन । तर, दुबै टोलीलाई १६ हजार अमेरिकी डलरसम्म जरीवाना हुन सक्ने बताईएको छ । विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स भिडेका थिए ।
शुक्रवार भएको क्वाटरफाईनल खेलको अन्तिम समयमा नेदरल्यान्ड्सले गोल गर्दै खेल अतिरिक्त समयमा पु¥याएपछि अर्जेन्टिनाको बेन्चमा भएका खेलाडी मैदानमा प्रवेश गरेर विवादमा उत्रिएका थिए ।
यस्तै पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी भएपछि पनि विवाद भएको थियो । अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेलमा १७ जनाले पहेलो कार्ड पाएका थिए । जसमा नेदरल्यान्ड्सका डेन्जेलले दुई पहेलो कार्डसहित रातो कार्ड पाएका थिए ।
प्रतिक्रिया दिनुहोस