धादिङ २५ मंसिर
जिल्ला अस्पताल धादिङको ४६ औँ बार्षिक उत्सवको अवसरमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् । जसमा १३ जना महिला र २५ जना पुरुष रहेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
धादिङ अस्पताल धादिङको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा धादिङ सोसियल भोलेन्टियर नेपालको सह आयोजना र प्रयास नेपाल धादिङको सहकार्य रहेको थियो भने नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
जिल्ला बासीहरुका लागि निशुल्क रगतको व्यवस्थापन गरिदै आएको श्रेष्ठको भनाई छ । देशैभर भएको रगतको अभावलाई न्युनीकरण गर्नको लागी जिल्लामा बिभिन्न सङ्घ संस्थाहरुले विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा, स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस