धादिङ २५ मंसिर
प्रतिनिधिसभाको समानुपातिकमा आफूले पाएको सिटमा सांसद बन्नेको नाम राजनीतिक दलहरूले शनिबार निर्वाचन आयोगमा बुझाएका छन्।
निर्वाचन आयोगले राजनीतिक दलहरूले बुझाएका नामको आधारमा सोमबार समानुपातिकबाट निर्वाचित सांसद घोषणा गर्ने जनाएको छ। प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, रास्वपाले १३, राप्रपाले ७ सिट पाएका थिए।
जसमा धादिङबाट मात्रै प्रत्यक्षबाट ६ र समानुपातिकबाट ५ सहित ११ जना सांसद बनेका छन् । जसमा प्रतिनिधि सभामा ५ जना र बागमती प्रदेश सभामा ६ सांसद रहेका छन् ।
मुख्य तीन ठुला एमाले, कांग्रेस र माओवादीले जिल्लाबाट प्रतिनिधि सभातर्फ समानुपातिकमा सांसद चयन गर्न सकेनन् । कांग्रेसबाट संघमा १ र प्रदेशमा ३ गरी ४, राप्रपाबाट संघमा २ प्रदेशमा १ गरी ३, एकीकृत समाजवादीबाट संघमा १ र प्रदेशमा १ गरी २, रास्वपाबाट संघमा १ जना र माओवादी केन्द्रबाट प्रदेशमा १ जना सांसद रहने छन् ।
संघमा प्रत्यक्षबाट एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, नेपाली काँग्रेसका रामनाथ अधिकारी, समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का बुद्धिमान तामाङ र विना लामा गरी ५ जना सांसद छन् ।
यस्तै बागमती प्रदेश सभामा प्रत्यक्षबाट माओवादी केन्द्रका शालिकराम जमकट्टेल, काँग्रेसका मदुकुमार श्रेष्ठ, गोविन्द लम्साल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का डम्बर तामाङ रहेका छन् भने प्रदेश सभामा समानुपातिकतर्फ कांग्रेसका शिवराज अधिकारी, एकीकृत समाजवादीकीे मायादेवी शर्मा चयन भएकी छिन् ।
प्रतिक्रिया दिनुहोस