नेपाल समाजवादी पार्टीको दुई दिनसम्म चलेको केन्द्रीय पदाधिकारीको बैठक शनिबार सम्पन्न भएको छ । नेसपाको केन्द्रीय कार्यालय सुविधानगरमा बसेको बैठकमा भर्खरै सम्पन्न निर्वाचनको बारेमा प्रदेशहरूबाट रिपोर्टिङ र समीक्षा हुनुका साथै वर्तमान राजनीतिक सन्दर्भमाथि पनि छलफल भएको छ । साथै पार्टीको आगामी कार्ययोजना, रणनीति र पार्टी एकताबारे निर्णय गर्न पौष १५ भित्र राजनीतिक समितिको बैठक बस्ने निर्णय पनि भएको छ ।
भर्खरै सम्पन्न निर्वाचनमा पार्टीलाई मत दिने सबै मतदाताहरूलाई धन्यवाद ज्ञापन पनि गरिएको नेपाल समाजवादी पार्टीले जानकारी दिएको छ । नेसपाका उम्मेद्वारहरुमध्ये सर्लाही २ मा प्रतिनिधिसभा सदस्यमा महिन्द्र राय यादव विजयी भएका छन् । त्यस्तै प्रदेशसभामा सिन्धुली र गोरखामा क्रमशः गंगा श्रेष्ठ र फणीन्द्र देवकोटा विजयी भएका छन् ।
त्यस्तै मधेशबाट प्रतिनिधित्व हुने गरी समानुपातिक तर्फ उमरावती यादवलाई प्रतिनिधिसभामा पठाउने पनि निर्णय भएको छ । लुम्बिनी प्रदेशमा समानुपातिक प्रणाली तर्फबाट राजु नेपालीलाई प्रदेशसभामा पठाउने निर्णय पनि बैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस