कृष्ण बहादुर लामिछाने । गोरखा
गाउँपालिका उपाध्यक्ष किशोर किशोरी शिक्षा दुई दिवसीय मनोसामाजिक परामर्श कक्षा संस्कृत माध्यामिक विद्यालय भिमसेन थापा गाउँपालिका ३ तान्द्राङ गोरखामा सम्पन्न भएको छ ।
राज्यको तर्फबाट समेत कम महत्व रहेको मानसिक स्वास्थ्य कार्यक्रम भिमसेन थापा गाउँपालिका गोरखाले विशेष महन्वको साथ किशोर किशोरी मानसिक स्वास्थ्य मनोसामाजिक परामर्श कक्षा सञ्चाल गरेकोे हो ।
शिक्षा, युवा तथा खेलकुद शाखा भिमसेन थापा गाउँपालिका खानचोक गोरखाको आयोजनामा सम्पन्न कार्यक्रममा कार्यक्रममा भिमसेन थापा गा पा वडा नं २, ३ र ४ का सिद्धकाली मा.वि, संस्कृत मा.वि, नवज्योति मा.वि, प्रभात मा.वि र भगवती मा.वि बाट कक्षा ९ देखि कक्षा १२ सम्मका ५४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख आतिथि समेत रहनु भएकी भीमसेन थापा गा.पा उपाध्यक्ष अमृता वस्तीले समारोहलाई सम्बोधन गर्नुहुदै माध्यामिक विद्यालयका विद्यार्थीहरुको मानसिकता स्वास्थ्यमा आइपरेका संवेगात्मक नकारात्मक धारणाहरुको न्युनिकरण गर्नको लागि कार्यक्रम संचालन गरिएको बताउनुभयो ।
उक्त कार्यक्रममा सहभागि विद्यार्थीहरुले आफु र आफ्नो विद्यालयका साथीहरु बीच आफु संग भएका नकारात्मक भावना साटासाट गर्ने गरि निवारण गर्न तिर उत्प्रेरित गरि सकारात्मक सोचको विकास गर्नु नै कार्यक्रमको मुल उदेश्य रहेको वस्तीले बताउनुभयो ।
गाउँपालिकाका सामाजिक विकास समितीका संयोजक नारायण श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अमृता वस्तीको प्रमुख आतिथ्य रहेको थियो भने शिक्षा अधिकृत यान बहादुर नेपाली, संस्कृत मा.वि का प्रधानाध्यापक श्याम लामिछाने, परामर्शदाता युवराज गौतमको विशेष आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस