धादिङ २१ मंसिर
धादिङ जिल्ला स्तरीय प्रथम पुरुष भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले खेल क्षेत्रलाई विकास गरे मात्र देशको विकास हुने बताउनुभएको छ ।
मन्त्री ढकालका अनुसार धादिङ जिल्लामा नयाँ खेल पुर्वाधारको विकास गर्न झण्डै १० करोड बजेट विनियोजन भएको छ । उनले खेल क्षेत्रमा पुर्वाधारको कमी हुन नदिने भन्दै खेल क्षेत्रलाई ठिक ढङ्गले अगाडी बढाउन र खेलाडिहरुलाई प्रोत्साहन गर्न आग्रह गर्नुभएको छ ।
प्रतियोगितामा जिल्लाका ९ वटा टिमले प्रतिपर्धा गर्ने छन् । मंसिर २१ गतेबाट सुरु भएको प्रतियोगिता मंसिर २४ गतेसम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस