एशियाली विकास ब्यांक एडीबीले नेपाललाई २० करोड अमेरिकी डलर करीब २६ अर्ब रुपैयाँ ऋण दिने भएको छ । ब्यांकले नेपालको शिक्षा क्षेत्रको सुधारका लागि यो सहुलियतपूर्ण ऋण दिने प्रस्ताव अनुमोदन गरेको जनाएको छ। नेपाल सरकारको विद्यालय शिक्षा क्षेत्र योजना सन् २०२१–३० कार्यान्वयनका लागि यो रकम खर्च गरिनेछ । यो योजनामा एडीबीसहित आठ विकास साझेदारले सहायता गर्नेछन् ।
यो योजनाले आधारभूत र माध्यामिक विद्यालयका विद्यार्थीको सिकाइलाई सुधार गर्न, विद्यालयमा शिक्षणको गुणस्तर उकास्न, कोभिड–१९ का कारण विद्यार्थीको सिकाइमा परेको असरलाई न्यूनीकरण गर्न तथा शिक्षा क्षेत्रको योजना र कार्यक्रम निर्माणका लागि स्थानीय तहको क्षमता अभिवृद्धि गर्न सहयोग गर्नेछ ।
प्रतिक्रिया दिनुहोस