धादिङ १६ मंसिर
धादिङ उद्योग बाणिज्य संघको आयोजना आगामी पुष ७ गतेदेखि १७ गतेसम्म आठौँ धादिङ महोत्सव हुने भएको छ।
कोरोनाका कारण विगतका ३ वर्षमा हुन नसकेको महोत्सवलाई यस वर्ष धादिङ उद्योग बाणिज्य संघले धादिङबेसीको खुल्लामञ्चमा महोत्सव गर्न लागेकोे हो । शुक्रबार पत्रकार सम्मेलन गर्दे महोत्सवलाइ सभ्य र भब्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न २३ वटा विषयगत उपसमितिहरु निर्माण गरी महोत्सव तयारीलाई तिब्रता दिएको बताइएको छ ।
धादिङ उद्योग बाणिज्य संघका कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको संयोजकत्वमा गठन भएका विभिन्न विषयगत उपसमितिहरुले काम सुरु गरेको धादिङ उद्योग बाणिज्य संघले जनाएको छ ।
महोत्सवमा विभिन्न १२० स्टलहरु हुनेछन् । महोत्सवमा ३ लाख भन्दा बढि सहभागि हुने र १० करोड भन्दा बढिको कारोबार हुने आयोजकले अपेक्षा लिएको छ ।
प्रतिक्रिया दिनुहोस