धादिङ ११ मंसिर
रोटरी क्लब अफ रुद्रमती काठमाडौंले निः शूल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
रोटरी क्लब अफ रुद्रमती काठमाडौंको आयोजना, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौं र बेनीघाट रोराङ गाउँपालिका वडा नं. ३ को संयुक्त सहआयोजना र आशा प्रोजेक्ट र फ्रेम्स अफ नेपाल न्यू जर्सीको सहयोगमा उक्त निः शूल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
शनिबार धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं. ३ मा रहेको सलाङघाट आधारभूत स्वास्थ्य चौकीमा निः शूल्क मुटु रोग शिविर सम्पन्न भएको हो । उक्त शिविरमा एक सय चौहत्तर जना चेपाङ समुदायका व्यक्त्तिहरूको निः शूल्क स्वास्थ्य परीक्षण गरिएको हो ।उक्त शिविरमा उपस्थित मुटु रोगीहरूलाई भ्ऋन्, भ्ऋइ लगायत निः शूल्क औषधि समेत वितरण गरिएको हो । यसका साथै, उक्त स्वास्थ्य चौकीमा रोटरी क्लबले सात वटा ह्विलचेयर पनि प्रदान गरेको छ ।
केही जटिल प्रकारका मुटु रोगीहरूलाई काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा रिफर गरिएको र उनीहरूको निः शूल्क उपचार गर्ने आयोजक क्लबले जनाएको छ । उक्त कार्यक्रममा विभिन्न स्थानीय क्लब तथा जनप्रतिनिधिको उपस्थिती र सहयोग रहेको थियो ।यसका साथै, निकट भविष्यमा रोटरी क्लबले उक्त स्थानमा रहेका स्वास्थ्य चौकीहरूमा डेलिभरी बेडसहित अन्य स्वास्थ्य सामग्रीहरू समेत प्रदान गर्ने उक्त क्लबका अध्यक्ष किशोर त्रिपाठीले बताए ।
रोटरी क्लब अफ रुद्रमती काठमाडौं एक विशुद्ध सामाजिक संस्था हो । यसले स्थापना कालदेखी नै सामाजिक कार्यलाई प्राथमिकतामा राख्दै सामाजिक सेवा प्रदान गर्दै आईरहेको छ ।
Himal Darpan बाट साभार गरिएको
प्रतिक्रिया दिनुहोस