धादिङ ०७ मंसिर
धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा १ मा सत्ता गठबन्धनका उम्मेदवार मदुकुमार श्रेष्ठ विजयी भएका छन् ।
प्रत्यासी नेकपा एमालेका उम्मेदवार रमेश आचार्यलाई एक हजार दुई सय ९४ मतले पछि पार्दै विजयी भएका हुन् ।
श्रेष्ठले १७ हजार आठ सय ३२ मत पाएका छन् भने प्रत्यासी आचार्यले १६ हजार पाँच सय अठ्तीस मत पाएका छन् । यो प्रदेशमा ४४ हजार ६ सय १२ मत खसेको थियो । एक लाख ७३ हजार एक सय ५७ मतदाता थिए ।
प्रतिक्रिया दिनुहोस