गजल
म सङ्ग खर्चिएको केही समयले तिमिलाइ निकै रिण लागेर आयो ।
बल्लपो बुझेछौ है मेरो बेहोरा अनि तिमिलाइ घिन लागेर आयो ।
न मागेर पाइन्छ न दिन्छु भनेर फिर्ता हुन्छ खर्चिएका समय हरु ।
तिम्रो समय मात्र खेर गयो है कस्तो दिन लागेर आयो।
हिजो मलाइनै सबथोक ठान्ने मलाइनै दुनिया मान्ने तिमी।
आज मेरो दुनिया छोडेर अर्कैको दुनिया रङ्गिन लागेर आयो ।
तिम्रो लागि भनेर बगाएका यी मेरा प्रेमका आँसु धारा हरु ।
आज त तिमिलाइ साँच्चै नै बरफ जस्तै बिलिन लागेर आयो ।
म सङ्ग खर्चिएको केही समयले तिमिलाइ निकै रिण लागेर आयो ।
बल्लपो बुझेछौ है मेरो बेहोरा अनि तिमिलाइ घिन लागेर आयो ।
सबिना तामाङ
खनियाबास ४ धादिङ
प्रतिक्रिया दिनुहोस