रसुवा, १४ वैशाख
यही वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनमा नेकपा(माओवादी केन्द्र) कालिका गाउँपालिका रसुवामा नेकपा(माओवादी केन्द्र)ले गाउँपालिका अध्यक्षमा युवा नेता सोम बहादुर तामाङको नेतृत्वमा पालिकाका ५ वटै वडामा उम्मेद्वारी दर्ता गराएको छ ।
नेकपा एकीकृत समाजवादीसँग तालमेल गर्नेगरी उपाध्यक्षमा रसुवाका पुराना र पाका राजनीतिज्ञ एवं नेकपा(एकीकृत समाजवादी) रसुवाका अध्यक्ष विष्णु प्रसाद देवकोटले उम्मेद्वारी दर्ता गराउनु भएको छ । यस्तै माओवादी केन्द्रले गाउँपालिकाको वडा नं. १ मा दावा तामाङ, २ मा ठाकुर न्यौपाने, ३ मा पुष्पराज न्यौपाने र वडा नं. ५ मा नेत्र लामिछानेलाई अध्यक्षको उम्मेद्वार बनाएको छ ।
निर्वाचनलाई लक्षित गर्दै माओवादी केन्द्र कालिका गाउँपालिका कमिटीले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । १४ बुँदा र थप विकासका विषयगत योजनाको खाका सहित सार्वजनिक गरिएको उक्त
प्रतिबद्धता पत्रमा रहेका मुख्य मुख्य लोकप्रिय कार्यक्रमहरु :
१. गरिबीको अन्त्य,
२. खाद्यान्न तथा भोकमरीको अन्त्य,
३. विभिन्न रोगहरुको अन्त्य गर्दै स्वस्थ जीवन सुनिश्चित गराउने,
४. विद्यालय भर्नादर शतप्रतिशत बनाइ प्राथमिक विद्यालयलाई अनिवार्य अंग्रेजी र माध्यमिक विद्यालयलाई सीपमूलक बनाउने,
५. एक घर एक धारालाई पूर्णता, पालिकाभित्रका सडकहरुको स्तर उन्नती र कालोपत्रे,
६. स्टुडेन्ट क्रेडिट कार्ड प्लान, शिक्षकहरु कुनै राजनैतिक दलसँग आबद्ध हुन्नन् भन्ने अवधारणाको विकास, ७. एक घर पचास पुस्तक,
८. गाउँपालिका शिक्षाकोष स्थापना गरी शिक्षामै लगानी,
९. गाउँपालिकाभित्रका सबै नागरिकहरुलाई समेटेर १० देखि ५० लाखसम्मको मेडिकल र दुर्घटनाका साथै जटिल रोगहरुको बिमा,
१०. चाइल्ड केयर फन्डको व्यवस्था,
११. वल्ड केयर फन्डको व्यवस्था,
१२. किसान स्वरोजगार परियोजना सञ्चालन,
१३. पालिकाभित्रका करिब ६५ किलोमिटर सडक स्तरोन्नति गर्दै कालोपत्रे गरिने,
१४. ¥यापिड एक्सन फोर्सको गठन,
१५. मोबाइल एप सञ्चालन,
१६. गाउँपालिका सेवा आयोग गठन आदि ।
प्रतिक्रिया दिनुहोस